६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा पुष्पलालको योगदानबारे चर्चा



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व पुष्पलाल श्रेष्ठको योगदानबारे चर्चा गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सूर्यबहादुर थापा क्षेत्रीले पुष्पलालले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण हस्ती, कम्युनिष्ट आन्दोलनका सुरुआतकर्ता पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा सांसद् क्षेत्रीले पुष्पलाललाई विभिन्न आयामबाट सम्झिनुपर्ने बताउनुभयो ।

सांसद जनार्दन शर्माले प्राकृतिक विपत्तिले देश आक्रान्त बनाएको र भूकम्पले चिरा पारेका बस्ती बाढीको चपेटामा परेको देशभरीका बाढी प्रभावित परिवार जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रोशन कार्कीले मधेसमा पछिल्लो समयमा आपराधिक गतिविधि बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । “सर्लाही जिल्लामा एकजनाको हत्या भएको छ, त्यस घटनाबारे निष्पक्ष छाबिन गरी सत्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न म सरकारसँग आग्रह गर्दछु”, उहाँले भन्नुभयो । सांसद कार्कीले संसद् सचिवालयमा करारमा र ज्यालादारीमा रहेका करिब ५० कर्मचारीको जागिर खोसिएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।