२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

समाचार टिप्पणीः मण्डलामा उखुका आँशु (भिडियो सहित)

समाचार टिप्पणीः मण्डलामा उखुका आँशु (भिडियो सहित)
अ अ+ अ-

मण्डलामा उखुका आँशु

त्यसो त माइतीघर मण्डला आँशु बगाउने नै ठाउँ भएको छ हिजोआज । कहिले आफन्तको दुःखद निधनको सम्झनामा त कहिले नेपाली तथा विदेशी नागरिकहरुको दुर्घटना या दुःखद सम्झनामा तिनको आफन्त यहीँ जान्छन् र आँशु झार्ने गर्छन् । पछिल्लो समय यहाँ नेपालमा गएको वर्षात्को सिजनमा नेपालका दर्जनौँ स्थानमा गएका बाढी पहिरोका कारण भएको दुःखद निधनपछि तिनका आफन्तले उनीहरुको स्मृतिमा बत्ती बालेर आँशु बगाएका थिए । सिन्धुपाल्चोकको जुरेको पहिरो होस् कि बागलुङको ढोरपाटनमा ज्यान गुमाउनको सम्झनामा उनीहरुका आफन्तले मण्डलामै पुगेर सम्झिएका थिए, आँशु बगाएका थिए ।

मण्डलाले धेरैको आँशु देखेको सहेको छ । पछिल्लो समयमा जातीका नाममा जाजरकोटमा पाँच जना कलिला बालकहरुको जघन्य हत्या भएपछि देशभरिका मानिसले आँशु बगाए । त्यो आँशुको साक्षी पनि मण्डला नै थियो । ती कलिला बालकका आफन्त मात्र होइन कि राजधानीका सयौँ नागगरिकले त्यो जघन्य अपराध सम्झेर आँशु बगाए, अनि सहारा लिए मण्डलाकै । एक साँझ त्यहाँ पुगे र ती अवोधहरुको सम्झनामा बत्ती बाले । अनि त्यहीँ पुगेर आँशु बगाए । द्वन्द्वमा परेर ज्यान गुमाएका हुन् कि आजका दिनसम्म पनि बेपत्ता रहेका हुन् उनीहरुको सम्झनामा उनीहरुका आफन्तले बारम्बार त्यहाँ पुगेर बत्ती बाल्छन् र कति त उनैका आँशुले बत्ती बर्तिन्छन् पनि ।

यतिखेरको मण्डलाको दृश्य अर्कै छ । अहिले भने यहाँ यस देशका धर्तीपुत्रहरु रोइरहेका छन् । अहिले किसानको आँशुमा डुबेको छ माइतीघर मण्डला । धर्तीपुत्र अर्थात् किसान । किसान वास्तवमा देशपाल्ने पात्र हुन् । मानिसले जतिसुकै धनसम्पत्ती कमाए पनि पैसा खाएर बाँच्न सक्दैन, अन्न चाहिन्छ । त्यही अन्न उमार्ने किसान हुन् धर्ती पुत्रहरु । यसरी देश पाल्ने धर्ती पुत्रहरुको आँशु झर्न थालेपछि लाग्छ यतिखेर मण्डला नै आँशु थाम्न सकिरहेको छैन । मण्डला नै रोइरहेको छ ।

किसान नेपालका मात्र होइन संसारकै धर्ती पुत्र हुन् । तर हामीकहाँजस्तो विदेशतिर किसानलाई हेप्ने र उनीहरुका उत्पादनलाई उपेक्षा गर्ने काम हुदैन । हामीमात्र यसो गरिरहेका छौँ । एक पटक मात्र होइन पटक पटक । किसानका आँशुका ढिका हेर्दे हाम्रा शासकहरु मजाक गरिरहेका छन् । कतिले यी नक्कली किसान हुन् भन्दैछन् भने कतिले त मण्डलाको जाडोमा कठ्यांग्रिएर न्यायको भिख मागिरहेका किसानलाई बिचौलिया समेत भन्न भ्याएका छन् । सुन्दै निष्ठुर लाग्ने कुरा त के छ भने तिनै शासकहरु किसानका छोरा हुन्, यिनका बुबा आमाका खुट्टा पनि अहिले मण्डलामा रोएका किसानको जस्तै पट्पटी फुटेका थिए, सायद आज पनि उनीहरुका कुर्कुच्चामा खेतबारीको माटोका डोबहरु अहिले पनि होलान् । तर आज सिंहदरबार छिरेका ती किसानका छोराले भने किसानलाई किसान देख्दैनन्, बिचौलिया देख्छन् ।

यो उखुको आँशु हो, अर्थात् उखु किसानको । उनीहरु गएको वर्षको चिसोदेखि आज पनि आँशु झारिरहेका छन् आफ्नो खेतीको अर्थात् उत्पादनको मोल पाउँ भनेर । तिनै किसानका उखुले चिनी कारखानाका मालिक तथा उद्योगीहरु सम्पन्न भएका छन् । तर किसानको ऋण तिर्दैनन् । आफू समृद्ध हुन्छन् तर किसानको उत्पादनको मूल्य तिर्दैनन् । अब अहिले आएर दुःखको कुरा यो बन्दै गयो कि ती किसानका भन्दा यी मालिकका मानिस बढी छन् सिंहदरबारमा । अहिलेको सिंहदरबारले किसान चिन्दैन, सुन्दैन । बरु बिचौलियाको कुरा सुन्छ र उनीहरुको हुँदो गर्छ । किनभने आर्थिक र राजनीतिक दुवै फाइदा यसैमा छ । अहिले पनि देशको बाँच्ने आधार कृषि नै हो । एकाध आकाशे खेती एक दुई वर्षलाई बन्द भइदिने हो भने देशको भोक मेट्ने नै कृषिले हो । तर अहिलेको सिंहदरबार टुप्पोबाट पलाएको छ, धर्तीमा टेक्दैन । धर्तीबाटै पलाएको भए त धर्ती पुत्रकै कुरा सुन्ने थियो, उनीहरुका आँशुले छुनेथियो ।

मुटुमाथि ढुंगा राखी हाँस्नुपर्याछ भन्ने नारायण गोपालको गीतजस्तै दिनभरको आँशु सकिएपछि कुनै बेला यसो फिस्स गर्छन् यहाँ आँशु बगाएका किसान नेताको उपस्थिति देखेर । तर उनीहरुको मनलाई के थाहा छ भने यो वा त्यो सरकारकै पालादेखि आफूहरु ठगिएका छौँ, लुटिएका छौँ । आज तिनै नेताहरु किसानका आँशुसँग फोटो खिच्न गइरहेका छन् । उनका आँशुले भरिएका मनभित्रैसम्म त फोटो पुग्दैन तर बाहिर चाहिँ नेताले ऐक्यबद्धता जनाइदिँदा केही भइहाल्छ कि भन्ने जिजिविसा ती किसानमा अझै छ पनि । अनि केही मन्त्री नै त्यहाँ पुगेर किसानलाई पीडा थपिदिएका छन् । यता कानुन कार्यान्वयन गर्ने ठाउँमा मन्त्री नै छन् । पोहोर साल यीनै किसानले मण्डलामा रोएर आँशु निथारेर घर फर्किएका थिए । यीनै नेताले उनीहरुलाई कागजमा फकाई फुलाइ गरेर घर पठाएका थिए । तर आजसम्म त्यो बक्यौता उठेन, उद्योगीले टेरेनन् । अनि ती किसान जाने ठाउँ त सिंहदरबार होइन, उनको पहुँच पुग्दैन त्यसको नजिकको यही मण्डेलै हो । तर जब किसानले मण्डेलको चिसो छिँडी कुर्न थाल्छन् तिनै किसानको उखुको चियाले सिंहदरबारभित्र भने चिनी उद्योगीलाई मन्त्रीजीले स्वागत गर्न थाल्छन् । त्यसपछि झन् झर्छ किसाको आँशु ।

उद्योगमन्त्री चिनी उद्योगीलाई पक्राउ गर्न खोजिएको तर नेताले नदिएको भनेर सार्वजनिक अभिव्यक्ति दिन्छन् । गृह मन्त्रीले तिनलाई पक्राउ गरिनेछ भनेर टिभी बोलाएर जानकारी दिन्छन् तर पक्राउ गर्दैनन् । कृषिमन्त्रीका सैद्धान्तिक बहसले यता किसानको आँशु रोकिने कुरै भएन । किसानले माटोको मूल्य मात्र जान्छन् तर कृषि मन्त्रीजीको समाजवादको बहस बुझ्दैनन् । बिडम्बना यही छ कि यीमन्त्रीले नै नबुझेपछि देशका अरु अख्तियारवालाले कसरी किसानको आँशुको मूल्य बुझुन् ? वर्षेनी कति रुनुपर्ने हो किसान ? कृषिमन्त्रीज्यू किसानको आँशु वर्षेनी कति हेर्नुहुन्छ ? सिंहदरबारले आफ्नो आँगनको अलाप अझै कति सहने हो ? अब यी प्रश्नहरुले अरुलाई होइन, मन्त्रीहरुलाई नै घेर्नेछन् । सिंहदरबारका मूल मान्छेले त झन् थाहा नपाउने कुरै भएन ।