१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण भलिबलमा रसियासँग नेपाल सोझो सेटमा पराजित



अ+ अ-

काठमाडौँ । नेपालले रसियासँगको मैत्रीपूर्ण भलिबलमा आइतबार सोझो सेटमा हार व्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको मैत्रीपूर्ण खेलमा नेपालले पाहुना टोलीसँग सहजै नतिजा सुम्पिएको हो । काभा महिला भलिबल नेसन्स लिगको तयारीका लागि नेपालले बलियो टोली रसियासँग दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो ।

तर शारीरिक रूपमा बलियो रसियासँग नेपालले राम्रो चुनौती दिन सकेन । रसियाले पहिलो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पा¥यो । दोस्रो सेटमा भने नेपाल पाहुना टोलीलाई चुनौती दिन सफल भयो ।

दोस्रो सेटमा एक समय नेपालले १८–१६ ले अग्रता लिएको थियो । तर नेपालले रिसिभमा लगातार गल्ती गरेपछि रसियाले यो सेट पनि सहजै आफ्नो बनायो । सेटमा नेपालले एक अंक जोड्दा रसियाले लगातार सात अंक जोड्यो । यो सेट पनि रसियाले २५–१९ ले आफ्नो बनायो । तेस्रो तथा निर्णायक सेटमा भने नेपालको सुरुआत निकै खराब रह्यो ।

रसियाले ५–१ को अग्रता लिँदा नेपालले कुनै समय पनि चुनौती दिन सकेन ।

पाहुना टोलीले फराकिलो अग्रता बनाउँदै अन्तिमसम्म दबाब बनायो । यो सेट पाहुनाले टोलीले २५–१५ ले सहजै आफ्ना बनाउँदै मैत्रीपूर्ण खेलमा सुखद सुरुआत ग¥यो । यी दुई बीच दोस्रो मैत्रीपूर्ण खेल सोमवार नै हुनेछ ।