७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण भलिबलमा रसियासँग नेपाल सोझो सेटमा पराजित



अ+ अ-

काठमाडौँ । नेपालले रसियासँगको मैत्रीपूर्ण भलिबलमा आइतबार सोझो सेटमा हार व्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको मैत्रीपूर्ण खेलमा नेपालले पाहुना टोलीसँग सहजै नतिजा सुम्पिएको हो । काभा महिला भलिबल नेसन्स लिगको तयारीका लागि नेपालले बलियो टोली रसियासँग दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो ।

तर शारीरिक रूपमा बलियो रसियासँग नेपालले राम्रो चुनौती दिन सकेन । रसियाले पहिलो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पा¥यो । दोस्रो सेटमा भने नेपाल पाहुना टोलीलाई चुनौती दिन सफल भयो ।

दोस्रो सेटमा एक समय नेपालले १८–१६ ले अग्रता लिएको थियो । तर नेपालले रिसिभमा लगातार गल्ती गरेपछि रसियाले यो सेट पनि सहजै आफ्नो बनायो । सेटमा नेपालले एक अंक जोड्दा रसियाले लगातार सात अंक जोड्यो । यो सेट पनि रसियाले २५–१९ ले आफ्नो बनायो । तेस्रो तथा निर्णायक सेटमा भने नेपालको सुरुआत निकै खराब रह्यो ।

रसियाले ५–१ को अग्रता लिँदा नेपालले कुनै समय पनि चुनौती दिन सकेन ।

पाहुना टोलीले फराकिलो अग्रता बनाउँदै अन्तिमसम्म दबाब बनायो । यो सेट पाहुनाले टोलीले २५–१५ ले सहजै आफ्ना बनाउँदै मैत्रीपूर्ण खेलमा सुखद सुरुआत ग¥यो । यी दुई बीच दोस्रो मैत्रीपूर्ण खेल सोमवार नै हुनेछ ।