१९ माघ २०८१, शनिबार
,
Latest
त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुमलटारबाट फर्किएर लगत्तै बादललाई भेट्न पुगे प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोक पुगेका छन्। नेकपमा अध्यक्ष समेत रहेका ओली शनिबार विहाना खुमलटारस्थित प्रचण्ड निवासमा  उपाध्यक्ष वामदेव गौतम र अर्का अध्यक्ष पुष्पकमल दाहालसंग छलफल गरेका थिए । 

प्रधानमन्त्री ओली खुमलटारबाट फर्किएर लगत्तै गृहमन्त्री थापालाई भेट्न पुल्चोकस्थित मन्त्री निवास गएका हुन् । उक्त भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी छन्।

प्रधानमन्त्री ओली फर्किएपछि प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच खुमलटार केहीबेर कुराकानी भएको थियो । अहिले नेपाल-प्रचण्डबीच छलफल चलिरहेको छ।