९ श्रावण २०८३, शनिबार
,
Latest
रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजारले दिएको छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजार भएको दाबी गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको बताउनु भयो । उहाँले ५० लाख बढी शेयर लगानीकर्ता संग्लन भएको शेयर बजार पछिल्लो दुई सातामा ४ सय अंकले बढेको बताउनु भयो । उहाँले नेप्से २७ महिना यताकै उच्च भएको बताउनु भयो ।

उहाँले अब शेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको छ । ५० लाख बढी शेयर लगानीकर्ता संग्लन भएको शेयर बजार पछिल्लो दुई सातामा ४ सय अंकले बढेको छ । नेप्से २७ महिना यताकै उच्च भएको छ । हाम्रो सरकार प्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो । अब शेयर बजार मात्रै होइन । देशको पूरै बजार चलायमान हुनेछ । सिङ्गो देशलाई चलायमान बनाउने विश्वास हामीसँग छ । हामीले लामो अनुभव बटुलेका छौं । २०७२ को महाभूकम्प पुन:निर्माण गरेको अनुभव छ ।’

उहाँले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताउनु भयो ।