१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार थप ७ सय १० जनामा संक्रमण पुष्टि, ११७५ निको भए



अ+ अ-

काठमाडौं । शनिबार देशभर थप ७ सय १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ४,७८० जनाको पिसिआर विधिबाट परीक्षणमा ७ सय १० जनामा संक्रमण पुष्टि भएको हो । यो संगै कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप ११७५ जना निको भएर फर्किएका छन्।  योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसंगै मृतकको संख्या  एक हजार ७ सय ७७ पुगेको छ।  

यस्तै हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६६ हजार २१० छ । देशभरी सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४२१ रहेको छ ।