२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.41

Wind: 1.03

Humidity: 33

तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ः३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय हुनेछ ।

सो पार्टीको शनिबार बसेको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ ।