• २१ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 6 2024
  •   Unicode
Logo

महिला एसिया कपः पाकिस्तानको सामना गर्दै नेपाल



काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपालले पाकिस्तानसँग खेल्दैछ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो ।

पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ। यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।

यसअघि सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीबीच भिडन्त भएको थियो । जसमा पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो ।