२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती र लुम्बिनी प्रदेश सरकार आज ढल्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेका बागमती र लुम्बिनी प्रदेश सरकार आज ढल्दै छन् । दुवै प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने तयारी छ । तर पाउने सम्भावना छैन । त्यही कारण दुवै प्रदेश सरकार ढल्ने निश्चित जस्तै छ ।

बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो बस्ने प्रदेशसभामा विश्वासको मत लिनु हुने छ । नेकपा एमालेले समर्थन फिर्ता गरेपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । अब बागमतीमा कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्ने छन् । त्यसका लागि दुई दलबीच छलफलसमेत चलिरहेको छ ।

दुई दलबीच नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने समझदारी बनिसकेको छ तर मन्त्रालय भागबण्डामा भने कुरा मिलिसकेको छैन । मन्त्रालयको संख्या भने १३ वटै कायम राख्ने सहमति भएको छ ।

यसैगरी लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पनि आज विश्वासको मत लिनु हुने भएको छ । त्यसका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

महराले विश्वासको मत नपाएपछि एमाले नेतृत्वमा सरकार गठन गर्ने तयारी छ ।




भर्खरै