२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमी र विजुलाई ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि



अ+ अ-

काठमाडौं । ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । दर्शकको सर्वाधिक भोट पाउँदै उनीहरुले उपाधी हात पारेका हुन् ।

फाइनल प्रतिस्पर्धा हिजो (शनिबार) सम्पन्न भएको थियो । पुरस्कार स्वरुप उनीहरुले रु २० लाख रुपैयाँ प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरेका छन् । त्यसैगरी शोको फस्ट रनरअप वुद्ध लामा र केविका गुरुङ बनेका छन् ।

त्यस्तै सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बनेका हुन् । हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो ।