२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार

काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँगको खेल महत्वपूर्ण– अरुणा शाही

काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँगको खेल महत्वपूर्ण– अरुणा शाही
अ अ+ अ-

नेपाली महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियाको टोलीसँगको मैत्रीपूर्ण खेल महत्वपूर्ण सावित हुने बताउनुभएको छ ।

नेपाल र रसियाबीच आगामी आईतवार र सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा दुई मैत्रीपूर्ण खेल हुँदैछ । नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेलअगाडि शनिवार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान अरुणा शाहीले रसिया भलिबलमा शारीरिक र रणनैतिक रूपमा पनि निकै बलियो टोली रहेकाले यो मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाउने बताउनु भयो ।

नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले काभा महिला नेसन्स लिगको पूर्वसन्ध्यामा रसियाजस्तो टोलीसँग खेल्न पाउनु ठूलो अवसरको रूपमा लिनुभएको छ । उहाँले पनि रसियाको भलिबलको पावर गेम रहेको र रसियासँगको मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षक भट्टले आफूभन्दा बलियो टोलीसँग खेल्दा हार र जितभन्दा पनि टेक्निक सिक्ने अवसरका रूपमा यो मैत्रीपूर्ण खेललाई लिनुपर्ने औंल्याउनु भयो । बलियो टोली बन्न कसरी खेल्नुपर्छ र के रणनीति आवश्यक पर्छ भन्ने कुरा यो मैत्रीपूर्ण खेलबाट सिक्न पाउने प्रशिक्षकको विश्वास छ ।

रसियन टोलीका प्रशिक्षक युरी मरिचेभले अन्तर्राष्ट्रिय स्तरमा कुनै पनि टोली सहज नहुने भएकाले खेल रोमाञ्चक नै हुने आशा व्यक्त गर्नुभयो । साथै उनले आफ्नो टोलीमा अधिकांश नयाँ खेलाडी रहेको समेत स्पष्ट पार्नुभयो । प्रशिक्षक युरीले नेपाली टोलीबारे आफू धेरै जानकार नरहे पनि टोली राम्रो नै रहेको विश्वास व्यक्त गर्नुभयो ।

रसियाकी खेलाडी बाबेशिना मारियाले नेपालसँगको खेल रोचक र प्रतिष्पर्धात्मक रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली खेलाडीले हार नमानी कडा मिहिनत साथ खेल्ने आशा व्यक्त गर्नुभयो ।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले यो मैत्रीपूर्ण भलिबल खेलले रसिया र नेपालबीच सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्नुका साथै खेलाडीले पनि आफ्नो क्षमता र प्रतिभा साटासाट गर्ने अवसर पाउने विश्वास व्यक्त गर्नुभयो । नेपालस्थित रसियाको दुतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो । १६ सदस्यीय टोलीसहित रसिया नेपाल आइपुगेको हो ।

रसियाको टोलीमा एमेलिना एन्जेलिना, अजनोभा अनास्तासिया, कोस्तिउकेभिच ओल्गा, क्रुक इना, लुबेन्चेन्को एना, सर्गीभा बार्बरा, स्लाउटिना नाटालिया, टिमोस्कोभा एकाटेरिना, बोलोदिना मिला, बासिना एलेना, जिनोबेबा एना र बाबेसिना छन् ।

नेपालले मैत्रीपूर्ण खेल र काभा महिला नेसन्स लिगको तयारीका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो । टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी छिन् ।

लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ पनि टोलीमा रहेकी छिन् । मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएकी हुन् । महत्वपूर्ण स्पाइकर प्रतिभा माली भने चोटका कारण टोलीमा छैनन् । नेपाली टोलीको मुख्य प्रशिक्षणमा जगदीश र सहायक प्रशिक्षकमा भरत यादव र रूपेश विष्ट छन् ।

टोलीको व्यवस्थापकमा पूर्वखेलाडी तथा संघकी सदस्य निलम बज्राचार्य रहेकी छिन् । नेपालले काभा महिला नेसन्स लिग घरेलु मैदानमा नै खेल्दै छ । नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।