९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ: सांसद अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्ने कुराको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चैत्र महिनाअघि निर्माण कार्य सक्नुपर्ने र वैशाखसम्म राम्रोसँग मापदण्डअनुसार बनेको छ वा छैन भन्नेकुरा सरकारले निरीक्षण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुथ्वी राजमार्ग कहिलेसम्म सुरक्षित बन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएको बताउनु भयो । उहाँले राजमार्गको सकुशल र सुरक्षित यात्राको लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो वर्ष मात्रै करिव ११५ जनाले यस राजमार्गमा ज्यान गुमाइसकेका छन् । हालसम्मको खर्च र सरकारी बजेटको कुरै नगरौँ । कहिलेसम्म राष्ट्रका सबैभन्दा महत्वपूर्ण राजमार्ग सुरक्षित र सकुशल तरिकाले बन्ने हो रु लगभग पाँच दशकको कसरतपछि पनि यस राजमार्गको १५० किलोमिटर भन्दा कम सडक खण्ड अझै सही तरिकाले बनेको छैन । पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएका त छैनन् । यस क्षेत्रमा हाम्रो ज्ञान अझै सिमिततामा रहेका त छैनौँ । यसमा सोच्नुपर्ने बेला भएको छ । यस राजमार्गको सकुशल र सुरक्षित यात्राको लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्छ । निर्माण कार्यको लागि असरा कुर्ने ठिक होइन । चैत्र महिनाअघि सकाउनुपर्छ । वैशाखअगाडि मापदण्डअनुसार बनेको/नबनेको मूल्यांकन सरकारले गर्नुपर्छ ।’

उहाँले महत्वपूर्ण निर्माण कार्यमहरु सरकार आफैँले सम्पन्न गर्नुपर्ने बताउनु भयो । नेपालमा सडक निर्माणका लागि छुट्याइएको बजेट ५० प्रतिशत पनि राम्रोसँग लगानी नहुने गरेको बताउनु भयो ।




भर्खरै