५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ: सांसद अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्ने कुराको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चैत्र महिनाअघि निर्माण कार्य सक्नुपर्ने र वैशाखसम्म राम्रोसँग मापदण्डअनुसार बनेको छ वा छैन भन्नेकुरा सरकारले निरीक्षण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुथ्वी राजमार्ग कहिलेसम्म सुरक्षित बन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएको बताउनु भयो । उहाँले राजमार्गको सकुशल र सुरक्षित यात्राको लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो वर्ष मात्रै करिव ११५ जनाले यस राजमार्गमा ज्यान गुमाइसकेका छन् । हालसम्मको खर्च र सरकारी बजेटको कुरै नगरौँ । कहिलेसम्म राष्ट्रका सबैभन्दा महत्वपूर्ण राजमार्ग सुरक्षित र सकुशल तरिकाले बन्ने हो रु लगभग पाँच दशकको कसरतपछि पनि यस राजमार्गको १५० किलोमिटर भन्दा कम सडक खण्ड अझै सही तरिकाले बनेको छैन । पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएका त छैनन् । यस क्षेत्रमा हाम्रो ज्ञान अझै सिमिततामा रहेका त छैनौँ । यसमा सोच्नुपर्ने बेला भएको छ । यस राजमार्गको सकुशल र सुरक्षित यात्राको लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्छ । निर्माण कार्यको लागि असरा कुर्ने ठिक होइन । चैत्र महिनाअघि सकाउनुपर्छ । वैशाखअगाडि मापदण्डअनुसार बनेको/नबनेको मूल्यांकन सरकारले गर्नुपर्छ ।’

उहाँले महत्वपूर्ण निर्माण कार्यमहरु सरकार आफैँले सम्पन्न गर्नुपर्ने बताउनु भयो । नेपालमा सडक निर्माणका लागि छुट्याइएको बजेट ५० प्रतिशत पनि राम्रोसँग लगानी नहुने गरेको बताउनु भयो ।