१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड

नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड
अ अ+ अ-

काठमाडौँ । विपद्को पूर्वसूचना प्रणालीमा नेपालको अवस्था राम्रो भए पनि राज्यका जिम्मेवार निकायदेखि समुदायस्तरमा अझै त्यसप्रति गम्भीर ध्यानाकर्षण हुन नसक्दा ठूलो जनधनको क्षति हुने गरेको सरोकारवालाहरुले बताएका छन् । प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (डिपिनेट) को १६औँ वार्षिक साधारणसभा तथा मनसुन समीक्षा कार्यक्रमका अवसरमा नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा उहाँहरुको जोड थियो ।

सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनील पोखरेलले अजरवैजानको बाकुमा जारी जलवायु सम्मेलनमा गत असोज दोस्रो साता आएको बाढी पहिरो जलवायु परिवर्तनको कारण सिर्जित समस्या भएकाले यसलाई हानि नोक्सानीका रुपमा लिनुपर्ने नेपालको मागलाई विश्व समुदायले स्वीकार गरेको जानकारी दिनुभयो । उहाँले पूर्वसूचनासँगै स्थानीयस्तरसम्म पूर्वतयारीका कार्यहरु हुन जरुरी रहेको बताउनुभयो ।

डिपिनेटका पूर्वअध्यक्ष सूर्यबहादुर थापाले विपद्सम्बन्धी ऐन, कानुन, कार्ययोजना बनाउँदैमा नहुने हुँदा त्यसको पूर्ण कार्यान्वयनमा सरकार, निजी क्षेत्र र आम समुदायबीच सहकार्य र समन्वयको खाँचो औँल्याउनुभयो । सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक सनत बस्नेतले द्वन्द्वको समयमा शान्ति सुरक्षार्थ गठन गरिएको बललाई पछि विपद् व्यवस्थापनमा बढी केन्द्रित गरिएको र अन्य देशहरुमा पनि नेपाललको अभ्यास उदाहरणीय रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय समाचार समितिका आलेख प्रमुख कृष्ण अधिकारीले राससले देशभर भएका विपद्का घटना, उद्धार, राहतका समाचारहरुलाई उच्च महत्वका साथ सम्प्रेषण गरी जनतालाई सुरक्षित रहन तथा जिम्मेवार निकायहरुलाई राहत, उद्धार र पुनःस्थापनाका कार्यमा सहयोग पु¥याएको बताउँदै यस वर्षको मनसुनका घटनाहरुसम्बन्धी विभिन्न तस्बिर तथा भिडियो प्रस्तुत गर्नुभएको थियो । डिपिनेटका प्राविधिक सल्लाहकार रामप्रसाद भण्डारीले विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित भएका यस वर्षको मनसुनसँग सम्बन्धित समाचारहरुको विश्लेषण गर्नुभएको थियो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्दकुमार झाले पनि विभागले पूर्वसूचना दिँदा दिँदै पनि त्यसको बेवास्ता गरिंदा विपद्बाट ठूलो जनधनको क्षति भएको बताउनुभयो ।

डिपिनेटका अध्यक्ष डा राजु थापाले विपद् व्यवस्थापनमा संलग्न सरकारी, गैरसरकारी सङ्घसंस्था एवं प्राज्ञिक निकायहरुसँगको सहकार्यमा अध्ययन, अनुसन्धानका कार्यहरु गर्दै आएको बताउनुभयो । महासचिव सुरज गौतमले संस्थाले वर्षभरि गरेका क्रियाकलापहरुका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । अक्सफामका राष्ट्रिय प्रतिनिधि तृप्ती राईलगायतले पनि विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो । कार्यक्रममा गत असोज ११ गते काठमाडौँको नख्खुखोलामा आएको बाढीमा परी ज्यान जोखिममा परेका दुई सर्वसाधारणको जीवितै उद्धार गर्नुभएका छनिकलाल तामाङलाई रु १० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।