६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला एसिया कपमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै



Indu Barma of Nepal and Esha Oza of United Arab Emirates with the Women’s T20 Asia Cup trophy a day ahead of start of the ACC Women’s T20 Asia Cup 2024 in Dambulla, Sri Lanka, on July 18, 2024. Photo by: Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE
अ+ अ-

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै छ । श्रीलंकामा सुरु हुन गइरहेको प्रतियोगितामा आज पहिलो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुँदैछन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईबीच प्रतिस्पर्धा हुनेछ । यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल सोही मैदानमा साँझ ७:१५ बजे सुरु हुनेछ ।

नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसिसी महिला प्रिमियर कपबाट छनोट भएको हो ।

साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा आठ टोलीको सहभागी रहेको छ । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।