३ असार २०८३, बुधबार
,
Latest
बजेटमा सकारात्मक सुधार र नीतिगत नविनताको प्रयासः विकासविद् मोना शेर्पा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन नेपाली औषधि कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’ मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको शानदार सुरुवात मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको भरतपुरमा रेलमार्ग सर्भे टोलीको गाडी जलाइयो



अ+ अ-

चितवन । चितवनमा रेलमार्ग सर्भे गर्न पुगेका प्राविधिकहरू सम्मिलित टोलीको गाडीमाथि आगजनी गरिएको छ ।

बुधबार दिउँसो भरतपुर महानगरपालिका–७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिई प्रहरीकै अगाडि जलाइदिएका हुन् ।

भरतपुर महानगरपालिकाको दमकलले गाडीमा लागेको आगो निभाएको छ ।

टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । बुधबार वडा नं. ७ मा सर्भे गर्दागर्दै भेला भएका करिब २ सय स्थानीयले प्राविधिकहरूलाई नियन्त्रणमा लिएका थिए ।

पूर्व–पश्चिम रेलमार्ग भरतपुरका घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको आरोप लगाउँदै उनीहरू चरणबद्ध आन्दोलमा छन् ।

बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने बताउँदै उनीहरूले अहिलेको सर्भे नै परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।

चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिका–४, ७ र ८ हुँदै नवलपरासीतर्फ लैजाने योजना छ ।