२१ फाल्गुन २०८१, बुधबार
March 5, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.53

Wind: 10.29

Humidity: 45

तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बोलायो सर्वदलीय बैठक



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। सर्वदलीय बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा अपरान्ह ४ बजेका लागि बोलाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्नका लागि सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएको हो। बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको जनाएको छ।

आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरे लगत्तै कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरू छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष निकालेका छन्।