१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका ८७ सांसदहरू सर्वोच्च अदालत जादै



अ+ अ-

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वोच्च अदालत जाने तयारी गरेका छन् । आइतबार प्रधानमन्त्री केपि शर्मा ओलीले असंवैधानिक रुपमा गरिएको संसद विघटनको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने भएका हुन् ।

नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सोमबार सर्वोच्च जाने तयारी रहेको स्रोत दावि रहेको छ । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा भंग गरेपछि सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टा छुट्टै गुट र अन्य पार्टीको समेत बैठक चलिरहेको छ ।

यस्तै प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन मिति घोषणाको विरूद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश भएका छन्। 

सर्वोच्चको मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालले अहिलेसम्म ८ वटा रिट दर्ताका लागि पेश भएकामा आफ्नो हातमा पाँच वटा रिट आइपुगेको र बाँकी तीन वटा पनि दर्ताका लागि पेश भएको बताए।