२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोराको बिहेमा पानी झै पैसा खन्याएका मुकेश अम्बानीले त्यती नै पैसा कति दिनमा कमाउँछन् ?



अ+ अ-

एजेन्सी । भारतका सबैभन्दा ठूला व्यापारी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी विवाह बन्धनमा बाँधिएका छन् । उनको विवाह भारतमा मात्रै होइन विश्वभर चर्चा छ ।

अम्बानी परिवारले हलिउड सेलिब्रेटीहरू, अन्तर्राष्ट्रिय व्यापारीहरू, विश्व नेताहरू, भारतका राष्ट्रपति, प्रधानमन्त्री, सबै राज्यका मुख्यमन्त्रीहरू, विपक्षी नेताहरू, सम्पूर्ण बलिउड र खेल जगतलाई निमन्त्रणा पठाएको थियो ।

उनको विवाहमा देशका प्रधानमन्त्री, बलिउड, हलिउड लगायतका उद्योगी तथा ठूला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

विवाह यति भव्य थियो कि सबैको नजर अनन्त–राधिका सहित अम्बानी परिवारमा परेको थियो । तर, आम मानिसले विवाहमा आफ्नो नेटवर्थको ५ देखि १५ प्रतिशत खर्च गर्ने गरेको बताइन्छ भने मुकेश अम्बानीले अनन्तको विवाहमा आफ्नो आम्दानीको ०.५ प्रतिशत मात्रै खर्च गरेका छन् ।

यस्तो अवस्थामा प्रश्न उठ्छ कि अनन्तको विवाहमा मुकेश अम्बानीले कति खर्च गरेका छन् र यति पैसा कमाउन कति समय लाग्ने छ ?

अनन्त अम्बानीको विवाहमा मुकेश अम्बानीले कुनै कसर छोडेनन् । उनीहरूको विवाहमा ती सबै चीजहरू थिए जुन सामान्य मानिसले मात्र सपनामा देख्न सक्छ ।

एनसी फाइनान्सियल एडभाइजरी सर्भिसका संस्थापक नितिन चौधरीले विश्लेषणको आधारमा अम्बानी परिवारले अनन्त अम्बानीको विवाहमा आफ्नो कुल सम्पत्तिको ०.५ प्रतिशत मात्रै खर्च गरिरहेको बताए । मुकेश अम्बानीको कुल सम्पत्ति १२३.२ बिलियन डलर छ भने अनन्तको विवाहको खर्च करिब ५ हजार करोड रहेको छ ।

मुकेश अम्बानीसँग रिलायन्स, जियो जस्ता धेरै कम्पनीहरू छन् । जसका कारण उनले राम्रो आम्दानी गरिरहेका छन् । यस्तो अवस्थामा उनको नेटवर्थका आधारमा हेर्ने हो भने उनले एक दिनमा २ हजार ३ सय ४५ करोडभन्दा बढी कमाउँछन् ।

यस्तो अवस्थामा मुकेश अम्बानीले अनन्त अम्बानीको विवाहमा भएको खर्च मात्र दुई दिनमा कमाउन सक्नेछन् । यसको मतलब यो हो कि उनले दुई दिनमा यति धेरै पैसा कमाउनेछन् कि अनन्त अम्बानीको विवाहमा भएको सम्पूर्ण खर्च कभर हुनेछ ।