२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलम्बिया फुटबल महासंघका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ



अ+ अ-

काठमाडौँ । कोलम्बिया फुटबल महासंघका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ परेका छन् ।

सोमबार बिहान कोपा अमेरिका फुटबलको फाइनल खेलमा झडप र विवादको घटना भएको थियो । यही विवादलाई लिएर कोलम्बियाली फुटबल महासंघका प्रमुख रामोन जेसुरन र उनका छोरा पक्राउ परेका हुन् ।

७१ वर्षीय रामोन र ४३ वर्षीय उनका छोरालाई खेल अधिकारी र कर्मचारीसँग झगडा गरेकोसहित विभिन्न आरोपमा पक्राउ गरिएको मियामीको सुरक्षा निकायले जनाएको छ ।

प्रतियोगिताको फाइनलमा कोलम्बियाले अर्जेन्टिनासँग १–० गोलले हरा ब्यहोर्दै उपविजेतामा चित्त बुझाएको थियो ।