काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पार्टीको अध्यक्षसमेत रहेका ओलीले मंगलबार बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।
नेकपा केन्द्रीय सदस्य महेश बस्नेतका अनुसार प्रधानमन्त्रीले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो ।