७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलिभर जिरुडले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास



अ+ अ-

एजेन्सी । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका स्टाइकर ओलिभर जिरुडले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् ।

जिरुडले इन्स्टाग्राममा एक सन्देश लेख्दै सन्यासको घोषणा गरेका हुन् ।

१३ वर्षसम्म राष्ट्रिय टोलीबाट खेलेका उनले लेखेका छन्, ‘फ्रेन्च राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण निकै डरलाग्दो छ । म १३ वर्षसम्म टोलीको हिस्सा रहेँ । त्यो मेरो हृदयमा सधैं रहिरहने छ । यो सबैभन्दा ठूलो गर्व र मेरो सबैभन्दा प्रिय स्मृति हो ।’

उनी फ्रान्सका उच्च गोलकर्तासमेत हुन् । जिरुडले राष्ट्रिय टोलीबाट १ सय ३७ खेलमा ५७ गोल गरेका छन् ।

फ्रान्सले सन् २०१८ को विश्वकप जित्दा जिरुड टोलीका महत्वपूर्ण सदस्य थिए । उनले गत मेमा युरोपियन च्याम्पियनसिप आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताएका थिए ।

हालै सम्पन्न प्रतियोगितामा जिरुडले वैकल्पिक खेलाडीका रूपमा चार खेलमा अवसर पाए । तर, फ्रान्सको यात्रा सेमिफाइनलसम्म रह्यो ।

जिरुडले सन् २०११ मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमार्फत सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।