४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा कसले कुन अवार्ड जिते ?



अ+ अ-

काठमाडौँ । युरो २०२४ फुटबल प्रतियोगिता जर्मनीमा सम्पन्न भएको छ । गएराति भएको फाइनलमा स्पेन च्याम्पियन बनेसँगै युरो कपले नयाँ विजेता पाएको हो ।

फाइनलमा स्पेनले इंग्ल्याण्डलाई २–१ गोलले हरायो । स्पेनको जितमा निको विलियम्स र मिकेल ओयर्जावालले गोल गरे भने इंग्लयाण्डका कोल पाल्मेरले एक गोल फर्काए ।

युरो कप सकिएसँगै प्रतियोगितामा कुन खेलाडीले कुन अवार्ड पाए र को उत्कृष्ट रहे भन्नेबारे यहाँ जानकारी लिऔं ।

फाइनल खेलमा प्लेयर अफ द म्याच – निको विलियम्स (स्पेन)।
योङ प्लेयर अफ द टुर्नामेन्ट – लामिने यामल (स्पेन)
प्लेयर अफ द टुर्नामेन्ट – रोड्री (स्पेन)
उत्कृष्ट गोलकिपर – माइक मेग्नान (फ्रान्स)
गोल्डेन बुट विजेता – कोडी गाक्पो (नेदरल्यान्ड्स), ह्यारी केन (इंग्लयाण्ड), ड्यानी ओल्मो (स्पेन), जमाल मुसियाला (जर्मनी), इभान शरान्ज (स्लोभाकिया) र जर्जेज मिकाउटेज (जर्जिया) प्रत्येकको तीन गोल ।

सर्वाधिक असिस्टः लामिने यामल (स्पेन) – ४
मोस्ट क्लिन सिट – माइक मेग्नान (फ्रान्स) – ४

विजेता स्पेनको पुरस्कार राशी – २८.२५ मिलियन युरो
इंग्ल्याण्ड – २४.२५ मिलियन युरो