२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई चेतावनी दिँदै मुकुलले भने – मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै ढकालले आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थालेको पनि रविमाथि आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘रवि लामिछाने ज्यू , आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नु भएछ । तपाईँ आफ्नो स्तर देखाउँदै हुनुहुन्छ । तपाईँ जति सक्नु हुन्छ , गर्नुहोस्, मेरो शुभकामना छ। चिन्ता लिनु पर्दैन , मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन ।’