२० भाद्र २०८३, शनिबार
,
Latest
सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई चेतावनी दिँदै मुकुलले भने – मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै ढकालले आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थालेको पनि रविमाथि आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘रवि लामिछाने ज्यू , आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नु भएछ । तपाईँ आफ्नो स्तर देखाउँदै हुनुहुन्छ । तपाईँ जति सक्नु हुन्छ , गर्नुहोस्, मेरो शुभकामना छ। चिन्ता लिनु पर्दैन , मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन ।’