• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

नवनियुक्त प्रधानमन्त्री ओलीको पूर्वराष्ट्रपति भण्डारीसँग भेट



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भए लगत्तै ओली भण्डारी निवास चपली पुग्नु भएको थियो ।

ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो ।

पछिल्लो राजनीतिक अवस्थाबारेमा उहाँहरू बिच छलफल भएको बताइएको छ ।