२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराएको पेन्गुइन दुई हप्तापछि फेला



अ+ अ-

एजेन्सी । जापानको समुद्रबाट हराएको पेन्गुइन दुई हप्तापछि सुरक्षित र स्वस्थ फेला परेपछि उसका रक्षकले ‘चमत्कार’ भएको बताएका छन् ।

बन्दबारमा जन्मिएको र हुर्किएको पोथी केप पेन्गुइन पेन–चान जो पहिले कहिल्यै खुला समुद्रमा पौडिएको थिएन । तर अगस्ट २५मा समुदूमा पसेको र मध्य आइची क्षेत्रबाट हराएकोे थियो ।

उक्त पेनगुइन हराएपछि उसको रक्षक रियोसुके इमाईले एउटा टोलीले तुरुन्तै त्यस क्षेत्रमा खोजी गर्न थालेको तर जापानभरी आएको आँधी र वर्षाले खोजीमा बाधा पु¥याएको बताउनुभयो ।

पेन–चानको पौडी खेल्ने र जङ्गलमा बाँच्ने कौशलको कमीलाई ध्यानमा राख्दै टोलीले पेन्गुइन धेरै टाढासम्म पुग्न वा एक हप्ता भन्दा बढी बाँच्न नसक्ने अनुमान गरेको थियो ।

तर आश्चर्यजनक रूपमा सेप्टेम्बर ८ मा इमाईले उड्न नसक्ने चरा ३० माइल टाढाको समुद्री तटमा पानीमा खुसीसाथ पौडी खेलिरहेको देखिएको जानकारी प्राप्त गर्नुभयो ।

“मैले सोचेँ ऊ थकित देखिन्छ । तर ऊ सधैँ जस्तै पौडी खेल्न थाल्यो,” पेनगुइनले पुनः नियन्त्रणमा लिएपछि इमाईले भन्नुभयो, “पेन–चान फेला पर्नु मेरो आश्चर्यभन्दा बाहिर थियो । यो एउटा चमत्कार हो ।”

“छ वर्षीया पेन–चानले आफै समातेर माछा र काँक्राहरू खाँदै आएको हुनुपर्छ । ऊ विश्रामका लागि विभिन्न ठाउँमा रोकेर त्यहाँ पुगेको होला, तर यो अझै पनि अविश्वसनीय छ,” इमाईले भन्नुभयो ।

उहाँले भन्नुभयो, “उसको वजन अलिकति कम भएको छ, बाँकी सबै ठीक छ ।”