काठमाडौं । आज नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति बैठक बस्ने भएको छ । बोर्ड अध्यक्ष भिष्म ढुंगानाले कार्यालय समय सकिएपछि बोर्ड बैठकका लागि बोलाउनु भएको छ।
अर्थमन्त्रीले पनि कमिसन घटाउन निर्देशन दिनुभएको थियो । एक महिना अमेरिका बसाईका क्रममा अध्यक्ष ढुंगानाले कमिसन घटाउने सम्बन्धी सम्पूर्ण तयारी गरिसक्नु भएको थियो । एक हप्ताभित्र ब्रोकर कमिसन घटाउने सार्वजनिक घोषणा गरेको हुनाले आजै घट्न सक्ने सम्भावना रहेको छ ।
लगानीकर्ता सम्वद्ध संगठनहरुले ब्रोकर कमिसन ०.२५ प्रतिशत हुनुपर्ने माग गर्दै आएका छन् । उप कार्यकारी निर्देशक डा. नबराज अधिकारी नेतृत्वको अध्ययन समितिको प्रतिवेदन अनुसार नै ब्रोकर कमिसन घट्ने बताउनु हुन्छ ।