२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

ओली निकट केन्द्रीय समितिको बैठकबाट ११ सय ९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति गठन

ओली निकट केन्द्रीय समितिको बैठकबाट ११ सय ९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति गठन
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्नुभएको छ । 

मंगलबार बालुवाटारमा आफु पक्षिय केन्द्रीय समिति सदस्यहरुको भेला गर्दै प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गर्नुभएको हो । नेकपाको हाल कायम रहेको ४ सय ४७ केन्द्रीय समिति सदस्यमा  ५ सय ४७ सदस्य थप  गर्नुभएको छ भने बाँकी १ सय ९६ सदस्य पछि थपिने व्यवस्था समेत बैठकले गरेको छ । ओली पक्षले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

मनोनीत महाधिवेशन आयोजक समिति सदस्यहरुलाई अध्यक्ष ओलीले मंगलबार नै सपथ ग्रहणसमेत गराउनुभएको छ । पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन प्रस्ताव राष्ट्रपति समक्ष लगेसँगै अध्यक्ष ओलीको अनुपस्थितिमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समुहको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अध्यक्ष पदबाट कारबाही गर्ने सिफारिस केन्द्रीय समिती बैठकमा लैजाने निर्णय गरेको थियो । उक्त समुहको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो बस्नु अगावै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिती सदस्य संख्या थप गर्दै महाधिवेशन आयोजक समिति गठन गर्नुभएको हो । महाधिवेशन आयोजक समिति सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले पुरानो केन्द्रीय समितिले एकीकरणको काम पुरा गर्न नसकेको, गतिशिल, एकताबद्ध र संगठित बनाउन नसकेको कारण पार्टीलाई असफल हुनबाट बचाउन सदस्य संख्या बढाइएको बताउनुभयो ।

अध्यक्ष ओलीले हाल कायम रहेको केन्द्रीय समितीले राष्ट्रिय राजनीतिमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘पुरानो केन्द्रीय कमिटीले राष्ट्रिय राजनीति र पार्टी भित्र समेत बाह्य घुसपैठ र हस्तक्षेप रोक्न समेत असफल भए । राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता। भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा  गर्न सकेन । यसर्थ त्यो अभिभारा पुरा गर्न थप गर्नुपरेको हो ।’

अध्यक्ष ओलीले प्रचण्ड­–नेपाल समूहले सरकारलाई असफ बनाउन प्रयास गरिरहेको र महाअभियोग लगाउने तथा अविश्वास प्रस्ताव राख्ने गतिविधि गरिरहेको ले पार्टीले गति लिन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘अब त उहाँहरु महाअभियोग लगाउने, अविश्वास प्रस्ताव राख्ने, केन्द्रीय कमिटीबाट अध्यक्ष निकाल्ने, अरु नेताहरु निकाल्ने यो बाटोतिर पो खेति गरिाख्नु भएको छ । पार्टी एकीकरण टुङ्ग्याउने एकीकरणको बाटोबाट अगाडी बढाउने होइन् । एकीकरणको बाटोबाट पार्टी अगाडि बढ्ने होइन् । बरु उहाँहरु भत्काउने कसैलाई निष्काशन गर्ने, कसैलाई कारबाही गर्ने, कुदेर राष्ट्रपतिकहाँ पुग्ने, कुदेर सभामुखकहाँ पुग्ने, कुदेर कहाँ पुग्ने यहि प्रकारको खेति गर्नुभएको छ । 

त्यसकारण हामीले निश्चित समयभित्र लगभग ११ महिना भित्र महाधिवेसन गरिसक्ने छौं । हामीले चुनावमा पनि जानुछ अब हामी चुनावको तयारीमा जुटछौं चुनावमा जान्छौं । अर्को चुनाव पछि अरु कामहरु बढी व्यवस्थित गर्ने मातहतका कमिटीहरुलाई पुनरगठन गर्ने यावत कामहरु गर्नुपर्ने अवस्था छ । यी सबै कम गरेर हामी चुनावका लागि तयारी गर्छौं । चुनावमा हामीले कम्तिमा ५० लाख लकेपृय भोट ल्याउनु पर्नेछ ।’