७ श्रावण २०८३, बिहीबार
,
Latest
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्त अम्बानीले सलमान, शाहरुखलगायत २५ साथीलाई १८ क्यारेट सुनको लग्जरी घडी उपहार दिए



अ+ अ-

एजेन्सी । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह गरेका थिए ।

अन्तर्राष्ट्रिय भिभिआईपी पाहुनासहित करोडौं रुपैयाँ खर्चिएको यो विवाह अहिले चर्चामा छ । विवाहमा राधिका मर्चेन्टले सुनको कढाई गरिएको लेहेंगा लगाएकी थिइन् भने अनन्त अम्बानीको विवाहको पोशाकको मूल्य २१४ करोड रुपैयाँ रहेको बताइएको छ ।

अब अनन्त अम्बानीले आफ्ना २५ नजिकका साथीहरूलाई विवाहको दिन १.६७ करोड रुपैयाँको लग्जरी घडी उपहार दिएका छन् ।

१२ जुलाईमा जियो वर्ल्ड सेन्टरमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा दुलहाका साथीहरूको रमाइलो शैली देखियो ।

दुलहाको टोलीमा शाहरुख खान, रणवीर सिंह, वीर पहाडिया, सलमान खान, मीजान जाफरी, शिखर पहाडियालगायत २५ नजिकका साथीहरू थिए, जसलाई अनन्त अम्बानीले एउटा–एउटा लग्जरी घडी उपहार दिएका थिए ।

यो सीमित संस्करणको घडी १८ क्यारेट सुनबाट बनेको छ, जसको मूल्य २ लाख डलर अर्थात १.६७ करोड भारुछ । दुलहाको टोलीले आफ्नो घडी देखाएको भिडियो पनि सार्वजनिक भएको छ ।