२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त



अ+ अ-

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिनुभएको छ।

आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रजिष्टार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्रीले धन्यवाद दिनुभएको हो।

भेटमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम कार्यकारी परिषदबाट पारित गरेकोमा समेत प्रधानमन्त्रीले धन्यवाद दिनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, “विश्वविद्यालयमा गुणात्मक सुधार ल्याएर मात्रै देशको मुहार फेर्न सकिन्छ। त्यसका लागि मैले लगातार मेहेनत गर्दै आएको छु। खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति, शैक्षिक क्यालेण्डर लगायतका क्षेत्रमा महत्वपूर्ण सुधार आएको छ। यसले राम्रो सन्देश दिएको छ।भविष्यमा समेत यी प्रयासहरू लागू हुनेछन् भन्ने विश्वास व्यक्त गर्दछु।”

भेटमा पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा शिक्षा क्षेत्र र विश्वविद्यालय सुधारमा ऐतिहासिक कामहरू भएको भन्दै त्रिवि सुधारमा आफूहरू पूर्ण समर्पणभावका साथ खटिने बताउनुभयो।