काठमाडौं । प्रधानमन्त्री केपी ओली निकट केन्द्रीय सदस्यहरु सहभाागी बैठकले गरेको निर्णय निर्बाचन आयोगमा पुगेको छ । नेकपाको तेश्रो केन्द्रिय समितिको बैठकले गरेको निर्णयको प्रतिलिलिपी लिएर प्रधानमन्त्रीका कानूनी सल्लाहकार बाबुराम दाहाल निर्बाचन आयोग गएका छन् ।
केन्द्रिय कमिटीले ११९९ सदस्य रहेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी गर्ने निर्णय गरेको थियो । थप गरिएका सदस्यहरुको सुचि सहित दाहाल आयोगमा जानु भएको हो ।