११ मंसिर २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्रीको टिप्पणीः मुलुकमा झुटको खेती गर्नेको कमी छैन विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छः अर्थमन्त्री पौडेल काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार पन्तले गरे रास्वपाकी रोजिनालाई समर्थन उपाधि दावेदारका रुपमा ‘कर्णाली याक्स’ बैंकले ऋण उपलब्ध नगराउँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीको ट्र्यापमा परेः श्रममन्त्री भण्डारी ७१ किलो गाँजासहित दुई पक्राउ वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने तीन जना पक्राउ सुनको मूल्य घटेपछि माग बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा



अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरू भएको छ । यहाँ जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा गङ्गाको दिव्य रथयात्रा तथा विशेष अर्चना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ ।

यस जात्रामा राज्यबाट हर्ष बढाइँका लागि गुरूज्यूको पल्टनले सलामीसमेत प्रदान गर्ने परम्परा छ । पशुपति क्षेत्र विकास कोषले गङ्गामाई जात्राको प्रतीकका रूपमा यसलाई निरन्तरता दिँदै आएको छ । पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासना स्थल हो । यसैले पनि गङ्गामाई रथयात्राको विशेष महत्व छ ।

भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइन्छ । आज अपराह्न पशुपतिनाथको बज्रघरबाट रथयात्रा सुरु भएको कोषबाट जात्रा पर्व हेर्नुहुने कर्मचारी वरुण खतिवडाले जानकारी दिनुभयो । जात्रा आजै समापन हुने जनाइएको छ । रासस