काठमाडौं । नेकपा बरिष्ठ नेता माधब कुमार नेपालले पहिलो अध्यक्ष हुँ, मेरै निर्णय आधिकारिक हुन्छ भन्ने कसैले नसोचे हुन्छ भन्दै पार्टी अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिनु भएको छ ।
बबरमहलमा आफू निटक केन्द्रीय सदस्य सम्मलित बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बालुवाटारमा गुट भेला भएको पार्टीको आधिकारीक बैठक यहाँ नै भै रहेको दाबी गर्नुभयो । नेता नेपालले भन्नुभयो कुनै समूहले पार्टीको नामबाट गरेका निर्णय वैधानिक हुदैनन् ।
पार्टीको सचिवालयको बैठक राख्न समेत धेरै नै पापड पेल्नु पर्ने अबस्था रहेको उल्लेख गर्दे नेता नेपालले पार्टी कार्यलय धुम्बाराहीमा बस्ने चाहाना भएपनि बस्न नसकेको जानकारी दिनुभयो ।