८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठकले नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुनेको नाम पनि टुङ्गो लगाउने जनाइएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने जानकारी दिनुभयो । कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठनका लागि हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरिसकेका छन् ।

बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।