१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न प्रेरणा मिल्ने प्रधानमन्त्रीको विश्वास



अ+ अ-

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर रहनुभएका साहित्यानुरागीका साथै समस्त नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

भानु जयन्तीका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न यो दिवसले थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“आजको दिनले आदिकवि भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित हाम्रो प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुशरण गर्दै संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु,” सामाजिक सञ्जालबाट जारी गरिएको प्रधानमन्त्री दाहालको सन्देशमा भनिएको छ ।