२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जान्छौः प्रकाशशरण महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रश्ताव लिएर आफूहरु राष्ट्रपति समक्ष जाने बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्कमल दाहाल पदमुक्त हुने बित्तिकै उहाँले संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो कुरा बताउनुभएको हो । प्रवक्ता महतले उहाँले ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको दावी समेत गर्नुभयो । सबैभन्दा ठूलो दलको सहमती रहेकाले ओलीलाई ७६ (२) अनुसार प्रधानमन्त्री बन्न समस्या नहुने उहाँको तर्क थियो । प्रवक्ता महतले सरकार गठन प्रक्रिया अघि बढेपछि पार्टीले मन्त्रीहरु चयन गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सार्वभौम संसद नेपाली जनताले चुनेर पठाएको सांसदहरुले निर्णय गरेका छन् । अनि यो निर्णय कहीँ बाहिरबाट भएको भन्न मिल्छ ? आरोप त जहाँ जे लगाई दिन पनि भइहाल्छ नि । नेपालमा आरोप लगाउनका लागि कुनै ठूलो कुरो छैन । यो भ्रमपूर्ण हो, कपोलकल्पित भएको हो, निराधार हो । हामीले पहिलो चरणमा ओलीजीलाई समर्थन गर्ने भनेका छौं । त्यसमा हामी प्रतिवद्ध छौं । त्यही अनुसार हाम्रो प्रस्ताव राष्ट्रपति कहाँ जान्छ । पहिला त संसदको जानकारी राष्ट्रपतिजीको जानु प¥यो । संसद सचिवालयले त्यो गरिसकेपछि दोस्रो चरणमा त्यो काम हुन्छ । पार्टीको तर्फबाट सरकारमा जानेहरुको नामावली प्रक्रिया अघि बढे पछि थाहा र्भइहाल्छ नि । हामी पहिलेनै प्रतिवद्ध छौं कि ३ को प्रयोग कुन बेला हुन्छ भने जुन बेला यो सहमतीको कुरा आउँदैन थियो भने सबैभन्दा ठूलो दललाई आह्वान गर्ने संविधान अनुसार हो । तर सबभन्दा ठूलो दलले नै अब हामीले यो प्रश्ताव गरेका छौं भनेर राष्ट्रपतिजी कहाँ गईसकेपछि २ अनुसार बनाउन मलाई लाग्छ–कुनै समस्या हुने म देख्दिन ।’

प्रवक्ता महतले काँग्रेस एमालेबीचको नयाँ सत्तासमिकरण वाह्य शक्तिले गराएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको आरोपमा कुनै सत्यता नभएको दाबी समेत गर्नुभयो ।