२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोस्टमबाटै गृहमन्त्री लामिछानेको चुनौती – मलाई ठग प्रमाणित गरेर जेल हाल्नुस्



photo:rss
अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई ठग प्रमाणित गरेर जेल हाल्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावबारेको छलफलमा भाग लिँदै उनले आफूलाई जेलमा हालेर देखाउन नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनौती दिएका हुन् ।

लामिछानेले आफूमाथि सहकारीसहितका अनेक काण्डमा जोडेर ठग प्रमाणित गर्न लागिएको बताए । ‘मलाई ठग प्रमाणित गर्नुस्, म जेल जान तयार छु । तर अहिलेको उपलब्धि तलमाथि हुन दिन्नँ’, उनले भने, ‘यदि हामी जेल जानुपर्‍यो भने नयाँ पुस्ता आएर हामीले थालेको राजनीतिक अभियानलाई अघि बढाउने छ ।’

सरकारले थालेको सुशासन अभियानकै कारण आत्तिएर कांग्रेस र एमाले मिलेको उनको दाबी छ ।