८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई सांसद भट्टराईको जवाफ– नर्क त जाँदैनौँ, स्वर्ग जाँदा सँगै लान्छौँ



photo:rss
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश कुमार भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वर्ग जाँदा सँगै जाने भन्दै ढुक्क भएर बस्न आग्रह गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ‘स्वर्ग गएपनि नर्क गएपनि संँगै जाने’ भनेको कुरालाई प्रचण्डले बुझ्न नसकेको जिकिर गरे ।

एमाले सचिवसमेत रहेका योगेशले भने, ‘तपाईं पनि यही हलभित्रै हो । हामी सबै हो । हाम्रो अध्यक्षले स्वर्ग गएपनि सँगै, नर्क गएपनि सँगै भनेको त्यो हो । तपाईंको पदका लागि भनेको होइन । सँगै जाऔँला नि भनेका हौँ । नर्क जाँदै जाँदैनौँ ।,’

‘स्वर्ग जाँदा पनि सँगै लान्छौँ । यति कुरा ढुक्क हुनुहोला । तपाईंलाई छुट्न दिँदैनौँ । तपाईंलाई छुटेर पनि अन्त जाने ठाउँ छैन । त्यो पनि ख्याल गर्नुहोला ।’ उनले अगाडि भने – ‘अर्को अर्थमा बुझ्नुभएछ । तपाईंले बुझ्नुभएछ त के गर्ने ? न नबुझ्ने तपाईंको दोष हो । यदी नबुझेको भए फेरि सोधेको भए हुन्थ्यो । बुझेजस्तो गर्नुभयो, खास बुझ्नुभएको रहेनछ ।,’