५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
अ+ अ-

काठमाडौँ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ ।

डब्लुएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमार्फत एक लाख ५० हजार अमेरिकी डलर बराबरको आपकालीन सहायता उपलब्ध गराएको हो ।

“डब्लुएचओ नेपालमा आपतकालीन अवस्थाको प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासहरूमा निरन्तर सहयोग गर्न प्रतिबद्ध छ”, विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा निलेश बुद्धले भन्नुभयो ।

डब्लुएचओले भदौ १० गते बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रका लागि अत्यावश्यक आपतकालीन स्वास्थ्य सामग्री पठाएको उहाँले जानकारी दिनुभयो ।

यसअन्तर्गत करिब १० हजार जनालाई तीन महिनासम्म आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने आपतकालीन स्वास्थ्य सामग्री तथा पाल उपलब्ध गराइएको विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयले जनाएको छ । यस्तै डब्लुएचओले सर्जिकल मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजरलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री  प्रभावित क्षेत्रमा पठाएको छ ।

डब्लुएचओले बाढीपछि विभिन्न प्रकारका चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोग, र वाहकजन्य रोगको जोखिमलगायत स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै यसतर्फ समयमै सबै सचेत हुनुपर्नेमा जोड दिएको छ । रासस