१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद भट्टराईले दिए चेतावनी

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद भट्टराईले दिए चेतावनी
photo:rss
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिनुभएको हो । उहाँले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताउनु भयो । उहाँले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्रीलाई आज एकाएक जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित र महिलाको याद आएको भन्दै तपाईको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? भनि प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालका लागि हतियार बोकेका तमाम दलित युवाहरु कहाँ छन् ? भनेर पनि प्रश्न गर्नुभयो । उहाँले आफ्नो स्वार्थसिद्ध गर्नका लागि देशको राष्ट्रियतलाई उधिन्ने काम नगर्न पनि चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘संविधानमाथि कतिपय ठाउँबाट हमला भइराखेको छ । हामीले संविधानमाथि पुनरावलोकन गर्ने, समिक्षा गर्ने भनेका छौँ । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, उहाँलाई आश्वस्त गर्न चाहन्छु, र यो संसदमार्फत सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई हामी आश्वस्त गर्न चाहान्छौँ, संविधानको पुनरावलोकन अर्थात् संविधान संशोधन ०७२ सालको संविधानको अग्रमगनको लागि हो । पश्चगमनको लागि होइन । पछाडी फर्किनको लागि होइन । जाति, भाषा, धर्म, संस्कृति, मधेश, दलित, महिला आज झलझलि प्रधानमन्त्रीजीलाई याद भयो । तपाईको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईका लागि हतियार बोकेका तमाम दलित युवाहरु आज कहाँ छन् ? खोज्नुभयो ? आज कसरी आयो एकाएक ? म भन्न चाहन्छु यो संसदमा कमै सिट होला तर प्रत्यक्षबाट निर्वाचित भएर आउने दलित प्रतिनिधि सभा सदस्य कोही छ भने त्यो एमालेको छ । सिट कम होला तर प्रत्यक्ष जितेर आउने महिला प्रतिनिधि सभा सदस्य एमालेको बढी छ । कम छ त्यसलाई बढाउनुपर्छ थाहा छ । म भन्न चाहान्छु दलितको नाममा, महिलाको नाममा, मधेशको नाममा फेरि आगो बाल्न सकिन्छ कि भन्ने यदि दुष्प्रयत्न हो भने अब त्यो सफल हुँदैन । त्यो सफल हुने छैन । यो देश जाति जातिको सहअस्तित्वबाट राष्ट्र बनेको हो यो कुरा ख्याल गर्नुहोला । जाति जातिको, मधेशीहरुको, पहाडीहरुको, महिलाहरुको, थारु, मुस्लिमहरुको सहकार्य, सहअस्तित्वबाट यो देशको राष्ट्रियता बनेको हो । आज फेरी त्यसलाई आफ्नो स्वार्थसिद्ध गर्नका लागि उधिन्ने काम नहोस् । संविधान संशोधन केमा गर्ने छलफल गरौँला । संविधान संशोधन गर्दा हामी पुष्पकमल दाहाल प्रचण्डको सहयोग चाहन्छौँ । सहभागिता चाहन्छौँ । तपाईको सहयोग र सहभागितासहित संविधान संशोधन गर्न चाहन्छौँ । एमाले काँग्रेसको यो खुला कुरा हो । तपाईलाई पनि अब जाने ठाउँ छैन । कहाँ जानुहुन्छ ? प्रतिरोध गर्छु, विद्रोह हुन्छ । अब सम्भव छैन । त्यो बाटो छैन अब ।’

सांसद भट्टराईले संविधान संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको समेत सहभागिता र सहयोग चाहिने भन्दै यस बारेमा छलफल गर्ने बताउनु भयो । उहाँले संविधान संशोधनभन्दा बाहिर गएर दाहालले विद्रोह गर्नु सम्भव नभएको पनि बताउनु भयो ।