• १९ श्रावण २०८१, शनिबार
  •      Sat Aug 3 2024
  •   Unicode
Logo
Latest
★   सुन्दर प्राकृतिक दृश्यावलोकनका लागि नेपाल भ्रमण गर्न विश्वका पर्यटकलाई प्रधानमन्त्रीको आग्रह ★   हाम्रो लक्ष्य पूरा भइसकेको छैन–कप्तान अरुणा शाही ★   मिस नेपाल वर्ल्डको उपाधि आश्माले जितिन् (तस्बिरहरू) ★   राजनीतिमा विद्यार्थी अग्रसर हुन जरुरी: अध्यक्ष लिङ्देन ★   रास्वपाले स्थानीय छाँया सरकार गठनको अभ्यास गर्ने, महाधिवेशन २०८२ वैशाख तेश्रो सातामा ★   नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द ★   कसले चोरे आइन्स्टाइनको दिमाग ? ★   तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ: सभामुख घिमिरे ★   काभा नेसन्स लिग: भारतमाथि नेपालको ऐतिहासिक जित-फोटो फिचर ★   आफैले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

प्रचण्ड प्रधानमन्त्री बन्नुमा कांग्रेस–एमालेकै हात छः योगेश भट्टराई



photo:rss

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुमा एमाले–कांग्रेस दलको भूमिका रहेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै पार्टी सचिवसमेत रहेका एमाले सांसद भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

“संसद्‌मा, संविधानमा माओवादीको योगदान छ । छैन भन्दिनँ तर, जति योगदान छ, त्यति पाइसक्यो माओवादीले । हामीले प्रचण्ड कमरेडको व्यक्तित्व हेरेर बढी पनि दिएको हो । उहाँ प्रधानमन्त्री बन्नुमा कांग्रेस एमालेकै हात छ ।”

यस्तै, उनले माओवादी केन्द्रले लगानीभन्दा बढी नाफा खोजेको प्रतिक्रिया समेत दिए ।

“मलाई लागेको छ । कतै माओवादीले लगानीभन्दा बढी नाफा खोजेको हो कि ?,” भट्टराईले भने, “लगानीभन्दा नाफा कहिल्यै पाइँदैन ।”