११ असार २०८३, बिहीबार
,
Latest
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ । 

आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको हो ।

ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई प्रशिक्षक पुबुद दसानायकेले बन्द प्रशिक्षणलाई सुचारु गरेका हुन् । तर, ग्लोबल छनोटका लागि घोषणा भएका केही खेलाडीमा कोरोना देखिएकोले प्रशिक्षणमा समावेश छैनन । छनोट खेलका बिगबासमा रहेको कप्तान सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् ।

ग्लोबल छनोट खेल्नु अघि नेपालले ओमानमा चारदेशीय ट्वान्टी–२० शृखंला खेल्नेछ । शृखंलामा नेपालसहित आयोजक ओमान, टेस्ट राष्ट्र आयरल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन् । शृखंला नेपालको ग्लोबल छनोटको अभ्यास खेलको रुपमा हेरिएको छ । शृखंला अन्तर्गत पहिलो खेलमा नेपालले ओमनविरुद्ध फेब्रअरी ११ मा खेल्दै छ । यस्तै दोस्रो खेल युएईसँग फेब्रुअरी १२ र तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्दै छ  । त्यसपछि फेब्रुअरी १८ मा ओमानसँग खेल्दै ग्लोबल छनोटको सुरुवात गर्नेछ । फेब्रुअरी १९ मा फिलिपिन्स र फब्रुअरी २१ मा क्यानाडासँग खेल्नेछ ।

समूह ‘ए’ अन्तर्गत विभाजन भएको समूह २ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमन रहेका छन् । यस्तै समूह १ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी  छन । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन । त्यसबाट फाइनल प्रवेश गर्ने दुबै टोली अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अष्ट्रेलियामा हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको लागि छनोट हुनेछन ।