५ फाल्गुन २०८१, सोमबार
,
Latest
कीर्तिपुर “जलन अस्पताल”को पीडा सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा सभापति निर्विरोध स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय पक्राउ कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न, हिमालयन क्रिकेट एकेडेमी च्याम्पियन नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक स्वास्थ्य बीमा व्यवस्थित बनाउन प्रयासरत छौँः मन्त्री पौडेल राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल



फाईल फोटो
अ+ अ-

भैरहवा (रुपन्देही) : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो ।

काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उहाँले बताउनुभयो । प्रवक्ता भट्टले भन्नुभयो “जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ ।” जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ ।

जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिनुभयो । गएराति नै बुद्धएयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको छ । अहिले काठमाडाँैबाट बुद्धएयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उहाँले बताउनुभयो ।रासस