२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर किन्दा कुना र दोबाटोमा पर्ने नकिन्नुहोस्, यस्तो छ वास्तु शास्त्रमा



अ+ अ-

एजेन्सी । आफ्नो घर बनाउनु वा किन्नु हरेक व्यक्तिको सपना हुन्छ । वास्तु शास्त्रका अनुसार घर किन्दा वा बनाउँदा वास्तु नियमलाई ध्यानमा राखेमा मानिस धेरै प्रकारका समस्याबाट बच्न सकिन्छ । कुनाको घर अर्थात् दोबाटोको घर किन्नु वास्तुको दृष्टिकोणले ठीक मानिँदैन ।

कुनाको घर किन्दा मानिसको जीवनमा समस्या बढ्छ भन्ने वास्तुशास्त्रमा विश्वास छ । वास्तुशास्त्रमा यस्तो घरमा केतुको बास हुने मानिन्छ । ज्योतिषमा केतुलाई क्रूर ग्रह मानिन्छ । वास्तुशास्त्रका अनुसार यदि घर तर्फ दुईवटा सडक भि (V) आकारमा बनेको छ भने त्यसलाई पनि शुभ मानिदैन । यसका साथै सडकको दाहिने छेउमा रहेको एल (L) आकारको घरले पनि शुभ फल नदिने वास्तुमा छ ।

कुनाको घरमा बस्दा मानिसको जीवनमा समस्या बढ्नसक्ने वास्तुशास्त्रमा छ । जसका कारण व्यक्तिले वास्तु दोषको सामना गर्नुपर्ने हुन्छ। साथै, यस घरमा बस्ने सदस्यहरूले आर्थिक हानि, परिवारमा झगडा आदिको सामना गर्नुपर्ने हुनसक्छ । साथै, यस्तो घरमा नकारात्मकता छिट्टै प्रवेश गर्छ भन्ने वास्तुशास्त्रमा विश्वास छ ।

यदि तपाई पनि कुनाको घरमा बस्दै हुनुहुन्छ भने यसको खराब नतिजाबाट बच्न केही उपाय अपनाउन सक्नुहुन्छ । यदि तपाईं एल (L) आकारको घरमा बस्नुहुन्छ भने मुख्य ढोका घरको बीचमा नभई एउटा कुनामा बनाउनु पर्छ। यदि तपाइँ भि (V)आकारको घरमा बस्नुहुन्छ भने, सडकको छेउमा साना रूख र बिरुवाहरू रोप्नु पर्छ। यस्तो घरमा दुईवटा ढोका छन् भने दुबै एकैसाथ नखोल्न पनि भनिएको छ ।