१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाको विद्यालयमा इजरायली हवाई आक्रमण: २५ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिणी गाजापट्टीको खान युनिस शहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका प्यालेस्टिनी स्रोतले बताएको छ ।

इजरायली विमानले मिसाइल प्रयोग गरेर खान युनिसको पूर्वमा रहेको अबसान अल–कबिरा शहरमा सयौं विस्थापित मानिसहरू बस्ने अल–अव्दा स्कुलको गेटलाई निशाना बनाइ आक्रमण गरेका थिए । चिकित्सा स्रोतहरूले इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तिमा २५ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको बताए ।

उक्त क्षेत्रमा भीडभाड भएका कारण पीडितको संख्या बढ्नसक्ने बताएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हतियार प्रयोग गरेर इजरायली वायुसेनाले हमासको सैन्य शाखाका एक आतंककारीलाई आक्रमण गरेको बताएको छ ।