२ जेष्ठ २०८२, शुक्रबार
,
Latest
रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून जलवायु कार्यमा हातेमालो गर्न विलम्व नगरौँः मन्त्री ठकुरी धुलोरहित सडक निर्माण कार्यको अनुगमन : उपप्रमुखबाट प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल जलवायु नेतृत्वमा नेपाल दृढ छः वनमन्त्री ठकुरी जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित पूर्वसैनिकले गरे आफ्नै छोरी र भतिजोको हत्या जलवायु परिवर्तन अब सुदूरको खतरा रहेनः प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिबाट संघीय निजामती विधेयक पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान



अ+ अ-

जुम्ला । यहाँको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ ।

पोखरामा प्याराग्लाडिङ गर्दै आउनुभएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलोपटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताउनुभयो ।

“परीक्षण उडान सफल भएको छ”, अध्यक्ष बुढाले भन्नुभयो, “अब दुईजना प्याराग्लाडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्ने छ ।” पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष बुढाको भनाइ छ ।

सो गाउँपालिकाका स्थानीयवासी टेकबहादुर भण्डारीले गुठीचौरमा पहिलोपटक आकाशमा प्याराग्लाडिङ देख्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ । रासस