७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमा यस ठाउँमा भुलेर पनि नराख्नुस् हनुमान जीको तस्बिर



अ+ अ-

एजेन्सी । मंगलबार मर्यादा पुरुषोत्तम भगवान श्रीरामका परम भक्त हनुमान जीको पूजा आराधना गरिन्छ ।

साथै जीवनका सबै दुःखबाट मुक्ति पाउन पनि व्रत बस्ने गरिन्छ । साँचो मनले हनुमानको पूजा गर्नाले सबै अशुभ काम पूरा भई जीवनमा सुख प्राप्त हुने जनविश्वास रहेको छ ।

वास्तुशास्त्रका अनुसार बजरंगबलीको तस्बिर भुलेर पनि बेडरूममा राख्नु हुँदैन । किनभने हनुमान जी बाल ब्रह्मचारी हुनुहुन्छ । यस कारण उनको तस्बिर बेडरूममा राख्नु अशुभ मानिन्छ । यसो गर्दा मानिसले आफ्नो काममा अवरोधको सामना गर्नुपर्ने हुन्छ ।

उडिरहेको हनुमानजीको तस्बिर घरमा राख्दा मानिसको उन्नतिको बाटो खुल्छ भन्ने विश्वास गरिन्छ । यदि तपाई पनि आफ्नो करियरमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने यस्तो तस्बिर घरमा पक्कै राख्नुहोस् ।

जीवनमा विश्वास, साहस र बल बढाउन हनुमानले पहाड उचालेको चित्र राख्दा मानिसमा हिम्मत आउने विश्वास गरिन्छ ।

वास्तुशास्त्र अनुसार पञ्चमुखी हनुमान जीको तस्बिर घरमा राख्नु धेरै शुभ मानिन्छ । मान्यता अनुसार हनुमानजीको यस्तो तस्बिर राख्नाले परिवारमा आउने कुनै पनि विपत्तिबाट बचाउँछ र जीवनमा आउने समस्याबाट मुक्ति मिल्छ ।

घरमा दक्षिण दिशामा फर्केर हनुमानजीको तस्बिर राख्नु पर्छ । यसो गर्नाले अशुभ शक्ति घरमा प्रवेश गर्दैन ।