२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् विश्वका सबैभन्दा महँगा शहर



अ+ अ-

एजेन्सी । गाउँमा रोजगारीको अवसर नहुँदा मानिसहरु सहरतिर पलायन भइरहेका छन् । तर यस्ता धेरै सहर छन्, जहाँ बस्न सजिलो छैन ।

वास्तवमा, यी शहरहरू यति महँगो छन् कि तपाईंले यहाँ कमाएको भन्दा बढी खर्च गर्नुहुनेछ ।

मर्सर सर्वेक्षण २०२४ को रिपोर्टमा विश्वका सबैभन्दा महँगो सहरको बारेमा जानकारी दिइएको छ ।

मर्सर सर्वेक्षण २०२४ को कस्ट अफ लिभिङको रिपोर्ट अनुसार विश्वको सबैभन्दा महँगो सहरको कुरा गर्दा हङकङ पहिलो नम्बरमा छ । यस्तै, सिंगापुर दोस्रो र जुरिच तेस्रो स्थानमा छ ।

यसैगरी, जेनेभा चौथो, बासेल पाँचौं, बर्न छैटौं, न्युयोर्क सातौं, लण्डन आठौं, नासाउ नवौं र लस एन्जलस दशौं स्थानमा छन् । विश्वका शीर्ष २० महँगो सहरमध्ये ७ अमेरिकाका मात्र छन् ।