१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन

एमाले जिल्ला कमिटीले साउन महिनाभित्र पार्टी सदस्यता नविकरण गरिसक्नुपर्ने

एमाले जिल्ला कमिटीले साउन महिनाभित्र पार्टी सदस्यता नविकरण गरिसक्नुपर्ने
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नविकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ ।

बुधवार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो । उहाँकाअनुसार अधिवेशन गर्न बाँकी ११ वटा जिल्लामा आगामी कार्तिकभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय भएको छ । अहिले भएको कमिटीलाई संगठन कमिटीमा रुपान्तरण गर्ने, समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशतसम्म सदस्य मनोनयन गर्न पाउने र त्यहाँभित्र सचिवालय बनाउन पाउने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले पार्टीले सहकारी तथा गरिबी निवारण विभागको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिने र भूमि व्यवस्था विभागको सचिवको जिम्मेवारी विजय सुवेदीलाई दिने निर्णय गरेको बताउनु भयो । बैठकले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएका प्रश्तावलाई अनुमोदन गरेको बताउनु भयो । त्यस्तै बैठकले गत वर्ष एक वर्षका लागि पार्टीका सबै केन्द्रिय सदस्यहरुलाई सम्बन्धित भूगोल भन्दा बाहिरको जिम्मेवारी दिएकोमा अब आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने निर्णय गरेको बताउनु भयो ।

उहाँले नयाँ कार्यविभाजनको आधार अब केन्द्रिय सदस्यलाई सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको जिम्मा दिने, जिल्ला वा प्रदेशको पनि लिनसक्ने व्यवस्था मिलाइने बताउनु भयो । सबैभन्दा आधारभुत इकाइ निर्वाचन क्षेत्र समन्वय कमिटी (निर्वाचन क्षेत्र) लाई आधार बनाएर कार्यविभाजन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा आएको परिवर्तन र विशेष गरी नेकपा एमाले र नेपाली काँग्रेसबीचमा भएको पछिल्लो सहमतिको कार्यान्वयनको पक्षमा यसका विभिन्न विषयहरुको पक्षमा हामीले छलफल गरेका छौँ । अध्यक्ष कमरेडले बैठकमा यो परिस्थिति निर्माणमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको दोहोरो भुमिका र नेकपा एमालेलाई जसरी पनि कमजोर गर्नेगरी चालेका कदमहरुले गर्दा यो परिस्थिति आएको कुरामा जोड दिनुभयो । सदनका दुई ठूला दलहरु, जसले १६६ भन्दा बढी सांसदहरुको प्रतिनिधित्व गर्दछन्, ति स्थिति स्पष्ट हुँदाहुँदै पनि नेकपा एमालेलाई सत्तामा जानबाट रोक्नका लागि यसबीचमा गरिएका विभिन्न प्रयासहरुका बारेमा जानकारी गराउनु भयो । नेकपा एमालेको तर्फबाट यि सहमति दृढतापूर्वक कार्यान्वयन गर्दै मुलत: मुलुकमा छाएको निराशा चिर्ने? जनतालाई सुशासन, विकास र समृद्धिको महशुस दिने, लोकतन्त्र सुदृढ गर्ने र राष्ट्रिय हितको रक्षा गर्ने कुरामा केन्द्रित भयो । २८ गते विश्वासको मतसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ र त्यहाँ पठाउने मन्त्रीहरु लगायतका बारेमा पछि थप छलफल गर्नेछौँ । अहिलेको हकमा भने हामीले सक्षम र परिणाम दिनसक्नेलाई पठाउनुपर्छ भन्ने सामान्य नीतिगत निस्कर्ष निकालेका छाँै ।’

‘काँग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चाालन गर्नेछन् । राष्ट्रिय सहमतिको अभियानमा जोडिन चाहने दलहरुलाई पनि संसदमा उपस्थितिको हैसियतअनुसार मन्त्रालय दिने भनेका छाँै । हामीले गत वर्ष एक वर्षका लागि पार्टीका सबै केन्द्रिय सदस्यहरुलाई सम्बन्धित भूगोल भन्दा बाहिरको जिम्मेवारी दिएका थियौँ । त्यो एक वर्षको अवधि पूरा भएको छ । अब उहाँहरुलाई आफ्नै कार्यक्षेत्रमा फर्काइनेछ । नयाँ कार्यविभाजनको आधार अब केन्द्रिय सदस्यलाई सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको जिम्मा त्यो भन्दा माथि जिल्ला वा प्रदेशको पनि लिनसक्नुहुन्छ अब । सबैभन्दा आधारभुत इकाइ निर्वाचन क्षेत्र समन्वय कमिटी (निर्वाचन क्षेत्र) लाई आधार बनाएर कार्यविभाजन गर्नेछौँ । केन्द्रले निर्वाचन क्षेत्रलाई कार्यविभाजनको इकाइ बनाउने भएको कारणले अब प्रदेशले आफ्ना सदस्यहरुको कार्यविभाजन गर्दा पालिकालाई आधार बनाउने छ । जिल्ला कमिटीले आफ्ना वडालाई बनाउने छ ।’

‘पालिकाले टोललाई बनाउनेछ । टोल कमिटीले टोलभित्र रहेका प्रत्येक घरको हिसावले कार्य सदस्यहरुको कार्यविभाजन हुनेछ । त्यो आगामी बैठकमा हुनेछ । सबै जिल्लालाई साउन महिनाभित्रमा पार्टी सदस्यता नविकरण गरेर भदौसम्म संगठन विभागबाट त्यसको प्रमाणीकरण गरिसक्ने निर्णय गरेका छाँै । ११ वटा जिल्लामा अधिवेशन गर्न बाँकी र ६६ वटा जिल्लामा अधिवेशन सकिएको छ । ति जिल्लामा आउने कार्तिकभित्र सबै जिल्लामा अधिवेशन गरिसक्नुपर्ने भनेर ति सबै ठाउँमा अहिले भएको कमिटीलाई संगठन कमिटीमा रुपान्तरण गर्ने । समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशतसम्म सदस्य मनोनयन गर्न पाउने र त्यहाँभित्र सचिवालय बनाउन पाउने । सहकारी तथा गरिबी निवारण विभागमा सचिवको पद रिक्त थियो, त्यहाँ परितोष पौडेललाई तोक्ने र भूमि व्यवस्था विभागमा विजय सुवेदीलाई सचिव तोक्ने निर्णय भएको छ । प्रदेश कमिटीले अनुमोदनका लागि पठाएका प्रश्तावलाई अनुमोदन गरिएको छ ।’

उहाँले बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेलाई सत्ता बाहिर राख्न विभिन्न कदम चालेको बारे बैठकमा जानकारी गराउनुभएको बताउनु भयो ।